+
+
Shares

चाँदीको मूल्य नयाँ उचाइमा, ४ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
  • चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँले बढेको छ।
  • सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।

३० असार, काठमाडौं । चाँदीको मूल्य पहिलो पटक तोलामा २३ सय नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि चाँदीको भाउ प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकेको छ, जुन मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँ बढी र अहिलेसम्मकै उच्च हो ।

सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँ बढेको छ । महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?