+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

त्रिविमा नेविसंघको प्रदर्शन, तीन सूत्रीय माग

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते ११:५७

३० असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तीन सुत्रीय माग राखेर प्रदर्शन गरेको छ ।

सोमबार बिहान बल्खु सडकदेखि कीर्तिपुर उपकुलपति कार्यालयसम्म चक्काजामा गरेको त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले बताए ।

प्रदर्शनमा नेविसंघ केन्द्रीय सदस्य तथा त्रिवि स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपकराज जोशी, नेविसंघ केन्द्रीय सदस्य डन्डीराज जोशी, नेविसंघ त्रिवि समिति बडैला, ताहाचल क्याम्पसका नेविसंघ नेता पुष्पराज बटाला लगायतका विद्यार्थीहरू सहभागी थिए ।

विद्यालय शिक्षा ऐन, सरकार शिक्षक महासङ्घ मुद्दामा बढी केन्द्रित नभई विद्यार्थी र शिक्षाको हितमा केन्द्रित हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक विद्यार्थी प्रतिनिधित्व  बिना मान्य नहुने, सम्पूर्ण शिक्षकदेखि प्राध्यापकसम्मका नियुक्तिहरु सत प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर प्रदर्शन गरिएको त्रिवि स्ववियु अध्यक्ष जोशीले बताए ।

विद्यालय शिक्षा विधेयकको छलफल रोकेकोमा पनि नेविसंघले विरोध जनाएको छ । ‘आवधिक बढुवाको विरुद्धमा कार्यसम्पादन मूल्याङ्कन अङ्क ९० र दरबन्दी मिलान र विद्यालय मर्ज गरिनुपछै’, जोशीले भने ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल विद्यार्थी संघले विभिन्न ठाउँमा प्रदर्शन गरेको प्रवक्ता सुरज सेजुवालले बताए । ‘विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल विद्यार्थी सङ्घले उपत्यकाका विभिन्न स्थानमा आज विरोध प्रदर्शन गरेको छ’, उनले भने ।

संघले माग सम्बोधन नभए थप सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?