+
+
Shares

बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बरुण हाइड्रोपावर कम्पनीले १ बराबर १ अनुपातमा शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ।
  • हकप्रद सेयरबाट कुल ५३ करोड ५८ लाख रुपैयाँ संकलन गरिनेछ र रकमले क्षतिग्रस्त हेवाखोला जलविद्युत् आयोजना पुननिर्माण र जलशक्ति हाइड्रो कम्पनीमा लगानी गरिनेछ।
  • कम्पनीले केयर रेटिङ नेपालबाट बीबी संकेत पाएको छ र बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

३१ असार, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन खुलेको छ ।

कम्पनीले १ बराबर १ अनुपात अर्थात् शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । जेठ २१ गतेसम्म कायम सेयरधनीले आफूसँग भएको सेयर संख्या बराबरकै लागि प्रतिकित्ता १ सयका दरले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रवन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । अनलाइन प्रणाली मेरो सेयरमार्फत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । साउन १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धकले जनाएको छ ।

हकप्रद सेयरबाट संकलित रकमबाट क्षतिग्रस्त हेवाखोला जलविद्युत् आयोजनाको पुननिर्माण गरिने र सोका लागि १ करोड ५८ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

त्यस्तै जलशक्ति हाइड्रो कम्पनीमा लगानी र अधिग्रहण गर्न ५२ करोड रुपैयाँ प्रयोग हुने कम्पनीले जनाएको छ । हकदप्रद सेयरबाट कुल ५३ करोड ५८ लाख रुपैयाँ संकलन हुनेछ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले केयर रेटिङ नेपालबाट बीबी संकेत पाएको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?