+
+
Shares

अनौठो ट्रेन्ड, हनिमुनमा विवाहित जोडीसँगै आमाबुवा पनि !

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १४:४४

बिहेपछि नवविवाहित जोडी एक रोमान्टिक यात्राका लागि हनिमूनमा जान्छन् । यो पूर्ण रुपमा एउटा निजी अन्तरंग भ्रमण हो  । हनिमुन केवल यो नव विवाहित जोडीहरू रोमान्टिक समय बिताउन परिवारभन्दा टाढा जाने काम मात्र होइन, उक्त अन्तरंग पलमा  उनीहरुले विना कुनै हस्तक्षेप तथा संकोच एक अर्कालाई राम्रोसँग बुझ्ने र चिन्ने मौका पाउँछन् ।

तर, अब यो मान्यतामाथि ठाडो चुनौती उत्पन्न भएको छ । अहिले एउटा यस्तो ट्रेन्ड देखिन थालेको छ, जसमा नवविवाहित जोडीसँगै उनीहरुका बुवाआमाहरू समेत सँगै हनिमुनमा गईरहेका छन् ।

आफ्ना आमाबुवा तथा परिवारका अरु कुनै सदस्य समेतलाई साथमा लिएर नवविवाहित जोडीहरू हनिमूनमा जाने यो अनौठो नयाँ ट्रेन्डले सोसल मिडियामा एक नयाँ बहस छेँडिदिएको छ ।

न्युयोर्क पोस्टका अनुसार सोसल मिडियामा चलिरहेका चर्चाहरूबाट के देखिएको छ भने कतिपय आमाबुवाहरू आफ्ना छोरा वा छोरीहरुको हनिमूनमा उनीहरुसँगै गइरहेका छन् । सोसल मिडिया प्लाटफर्म रेडिटमा WhiteLotusHBO नामक एक प्रयोगकर्ताले एउटा पोस्टमा लेखेका छन् – आमा हनिमुनमा किन आइरहनु भएको छ ?

उनको उक्त पोस्टमा प्रतिक्रिया जनाउनेहरुको बाढी नै आएको छ ।

ती प्रतिक्रियाहरुबाट के थाहा हुन्छ भने बुवाआमालाई समेत हनिमूनमा सँगै लैजाने एक नयाँ ट्रेन्ड अहिले चलिरहेको छ ।

एकजना रेडिट प्रयोगकर्ताले लेखेका छन् – मेरा एकजना छिमेकी थिए । उनका सासूससुरा उनीसँगै हनिमूनमा गएका थिए । वास्तवमा नयाँ जोडीलाई उनीहरुले नै हवाईमा हनिमून मनाउने उपहार प्रदान गरेको हुँदा उनीहरुसँगै आफूहरु जान पाउँछौं भन्ने उनीहरुलाई लाग्यो । कस्तो अनौठो परिवार !

त्यस्तै अर्का एकजनाले लेखेका छन् – जब आमाबुवा वा सासूससुरालाई हनिमूनमा आमन्त्रित गरिन्छ भने त्यसबेला नवविवाहित जोडीका लागि छुट्टै बेडरुम हुन्छ । त्यसैले यसमा कुनै समस्या देख्दिनँ ।

त्यस्तै एकजना महिलाले आफू हनिमुनमा जाँदा ५ महिनाको गर्भवती रहेको र त्यसबेला पतिले माछा समाउनका लागि उनका भाइलाई पनि सँगै लगेको खुलासा गरेकी छिन् ।

त्यस्तै अर्का एकजनाले चाहिँ आफ्नो पहिलो बिहेको हनिमूनका क्रममा होटलमा आफूहरुकै छेउको कोठामा सासू बसेको बताएका छन् ।

न्युयोर्कस्थित एनवाइयू ल्यांगोन हेल्थका मनोवैज्ञानिक थिया ग्यालाघरका अनुसार हनिमूनमा परिवारजनलाई समेत सँगै लैजानु एक रोचक अवधारणा हो । तर, यो कुरा आमाबुवासँगको आफ्नो सम्बन्ध र जिवनसाथीको सहमतिमा भर पर्ने उनको धारणा छ । यसमा दुवैको सहमति आवश्यक पर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?