+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.2)
VS
८८ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

भरतपुर अस्पतालको सेप्टिक ट्यांकीमा खसेकी बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते ७:३१

३२ असार, चितवन । चितवनको भरतपुर अस्पतालको सेप्टिक ट्यांकीमा खसेकी एक बालिकाको मृत्यु भएको छ ।

असार ३० गते दिउँसो करीब ४ बजेतिर अस्पतालको सी ब्लक नजिकै रहेको सेप्टिक ट्यांकीमा खसेकी पाँच वर्षीया अन्जना मगरको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

अन्जना भरतपुर अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी छोरी हुन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालको सी ब्लक नजिकै रहेको सेप्टिक ट्यांकी निकै ठूलो छ । त्यसको ढकनीको भागबाट खेल्दै जाने क्रममा पाँच वर्षीया अन्जना खसेकी थिइन् ।

उनको केहीबेर पछि नै उद्धार गरेर उपचार सुरु गरिए पनि मंगलबार बेलुकी ६ः४० बजे निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?