News Summary
Generated by OK AI. Editorially reviewed.- भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्।
४ माघ, काठमाडौं । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन् । शुक्रबारको मन्त्रीस्तरीय निणर्यअनुसार डा. पौडेललाई अध्यक्षमा नियुक्त गरिएको हो ।
डा. पौडेल नाक, कान र घाँटीसम्बन्धी अनुभवी चिकित्सकका रूपमा चिनिन्छन् । डा. पौडेलले २०५९ सालमा एमएस (सर्जरी) पूरा गरेपछि भरतपुर अस्पतालमै लामो समय सेवा गरेका थिए ।
भरतपुर अस्पताललाई शल्यक्रियाको क्षेत्रमा अझ सुदृढ बनाउने, सेवाको गुणस्तर वृद्धि गर्ने तथा भविष्यमा स्नातकोत्तर (पोस्ट–ग्रेजुएसन) अध्ययनका लागि योग्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको डा. पौडेलले बताए ।
‘यो अस्पतालमा मेरो पुरानो सम्बन्ध छ’ नियुक्तिपछि डा. पौडेलले भने, ‘यहाँ शल्यक्रिया सेवालाई थप विस्तार गर्नु आवश्यक छ । दृष्टि सेवाको पनि वृद्धि गर्न सकिन्छ र भविष्यमा पोस्टग्रेजुएट तहको अध्ययन÷तालिम सुरु गर्ने सम्भावना बोकेको छ ।’
यो जिम्मेवारी चुनौतीपूर्ण भएपनि यसलाई आफूले अवसरको रूपमा लिएर सदुपयोग गर्ने उनले बताए ।
यसअघि अस्पतालको विकास समितिको अध्यक्ष राजु पौडेल थिए। उनको कार्यकाल पुस ७ गते सकिएको थियो।
प्रतिक्रिया 4