+

जाइफलका ८ फाइदा र प्रयोग गर्ने तरिका

२०८२ माघ  २ गते १२:४३ २०८२ माघ २ गते १२:४३

जाइफलको तेल पनि उपलब्ध हुन्छ, मालिस गर्नु निकै फाइदाजनक छ । टाउको दुखाइमा जाइफल पानीमा घोटेर निधारमा लगाउन सकिन्छ।

Shares
जाइफलका ८ फाइदा र प्रयोग गर्ने तरिका

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाइफलले चिसो मौसममा रुघाखोकी र ज्वरोबाट बचाउँछ र बच्चाहरूलाई छातीमा मालिस गर्दा चिसोबाट सुरक्षा मिल्छ।
  • जाइफलले अनुहारको दागधब्बा हटाउँछ र महसँग मिसाएर फेसप्याक बनाएर छालामा चमक ल्याउँछ।

आजकल हामी स–साना स्वास्थ्य समस्याहरूका लागि पनि डाक्टरकहाँ धाइरहन्छौं । यसको मुख्य कारण हाम्रो भान्सामा उपलब्ध वस्तुहरूका गुणबारे हामीलाई जानकारी नहुनु । भान्साका कतिपय मसलाहरू औषधीय गुणहरूले परिपूर्ण हुन्छन् ।

तिनीहरूमध्ये एक हो- जाइफल । धेरैले यसलाई मसालाको रूपमा प्रयोग गर्छन्, तर यसका औषधीय गुणहरूबारे धेरैलाई थाहा हुँदैन ।

१.चिसोबाट बचाउँछ

चिसो मौसममा रुघाखोकी, ज्वरोबाट बच्न जाइफल राम्रो उपाय हो । जाइफलको सानो टुक्रा मुखमा राखेर चुस्न सकिन्छ । एक–दुई दिनको फरकमा पूरै जाडोभरि यसो गर्दा शरीरमा प्राकृतिक ताप प्रदान गर्छ र चिसोको कारण हुने समस्याबाट बचाउँछ । बच्चाहरूलाई चिसोबाट बचाउन जाइफल घोटेर छातीमा मालिस गर्न सकिन्छ ।

२.अनुहारको दाग, धब्बा हटाउँछ

अनुहार वा छालामा भएका दाग धब्बहरू हटाउन यो प्रभावकारी उपाय हो । जाइफललाई पानीसँग सिलौटामा घोटेर लेप बनाउने र दाग भएको ठाउँमा लगाउँनुपर्छ । यसबाट दागहरू कम हुन्छन् र छालामा चमक पनि आउँछ ।

जाइफलको पाउडरलाई महसँग मिसाएर पेस्ट बनाई अनुहारमा लगाउँदा अनुहार सफा हुन्छ । यसले डण्डिफोरको दाग पनि हटाउँछ । यो राम्रो फेसप्याक हो ।

३.पाचन तन्त्रलाई ठीक राख्छ

दैनिक खानामा जाइफल समावेश गरियो भने पाचन सजिलो हुन्छ । फाइबरयुक्त भएकाले यसले पाचन सुधार गर्छ र पेटका अन्य समस्या जस्तै झाडापखाला, एसिडिटी, कब्जियत आदि ठीक गर्छ । बच्चाहरूमा प्रायः पाचनसम्बन्धी समस्या हुन्छ । उनीहरूलाई नियमितरूपमा दूधमा थोरै जाइफल मिसाएर दिदाँ यस्ता समस्या हट्छन् र भोक पनि बढ्छ ।

४.निद्रा नलाग्ने समस्या हटाउँछ

आजकल तनाव र भागदौडका कारण अनिद्रा सामान्य समस्या बनेको छ । यदि राति निद्रा नलाग्ने समस्या छ भने जाइफलको सेवन निकै फाइदाजनक हुन्छ । सुत्नुअघि एक गिलास तातो दूधमा एक चिम्टी जाइफल मिसाएर पिउँदा राम्रो निद्रा लाग्छ । यसले तनाव घटाउने र दिमागमा रक्तसञ्चार सुधार गर्ने काम गर्छ । साथै एकाग्रता पनि बढाउँछ र चिन्ताबाट पनि राहत दिन्छ ।

५.रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

स्वस्थ रहन राम्रो इम्युनिटी आवश्यक छ । धेरैलाई मौसम फेरबदल हुँदा नै रुघाखोकी लाग्छ किनकि इम्युनिटी कमजोर हुन्छ । पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम जस्ता मिनरल्स, भिटामिन्स र फाइबरका कारण जाइफलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

६.आर्थराइटिसमा फाइदा

उमेर बढ्दै जाँदा महिलाहरूमा हड्डी कमजोर हुन्छ र गठियाको समस्या पनि आउँछ । गठियामा दुखाइ र सुन्निने सामान्य हुन्छ । जाइफलको सेवन वा यसको तेल लगाउँदा गठियाको सुन्निने र दुखाइबाट राहत मिल्छ । यसमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छन् जसले गठियामा फाइदा गर्छ । यसको तेलले हात–खुट्टाको दुखाइमा पनि आराम दिन्छ।

७.मधुमेहमा फाइदाजनक

मधुमेह आजभोलि निकै सामान्य रोग बनेको छ । यो पहिले बुढ्यौलीको रोग मानिन्थ्यो, तर अब यो जीवनशैलीको रोग बनेको छ र युवा तथा बच्चाहरूलाई पनि छिट्टै प्रभावित गर्छ । जसको समयमै नियन्त्रण गर्न जरुरी छ । जाइफलमा ट्राइटरपेन्सको राम्रो स्रोत हुन्छ जसमा एन्टी–डायबिटिक गुण हुन्छन् । यसको सेवनले शुगर लेभल नियन्त्रणमा राख्छ।

८.कोलेस्टेरोल घटाउँछ

शरीरमा कोलेस्ट्रोल बढ्दा थकान, हृदयघातको जोखिम, मिर्गौलाको समस्या आदि आउँछन् । जाइफलको सेवनले यसमा भएको इथेनोलिक एक्सट्र्याक्टले खराब कोलेस्ट्रोल घटाउँछ र यस्ता धेरै रोगबाट बचाउँछ ।

जाइफल कसरी प्रयोग गर्ने ?

-स–साना टुक्रा बनाएर सिधै मुखमा राख्न सकिन्छ ।

-गुडमा मिसाएर स–साना गोली बनाएर खान सकिन्छ ।

-पानीमा मिसाएर पिउन सकिन्छ ।

-बच्चाहरूलाई घोटेर महमा मिसाई चटाउन सकिन्छ ।

-अनुहारमा लगाउन महसँग मिसाएर प्रयोग गर्न सकिन्छ ।

दूधमा जाइफलको पाउडर हालेर पिउनु निकै लाभदायक हुन्छ । जाडोमा बच्चाहरूलाई राति सुत्नुअघि यो दूध दिन सकिन्छ ।

जाइफलको तेल पनि उपलब्ध हुन्छ, मालिस गर्नु निकै फाइदाजनक छ । टाउको दुखाइमा जाइफल पानीमा घोटेर निधारमा लगाउन सकिन्छ ।

सावधानी : जाइफल बढी मात्रामा प्रयोग गर्नुहुँदैन । यसले नकारात्मक असर पनि गर्न सक्छ । त्यसैले आयुर्वेदिक चिकित्सकको सल्लाहमा थोरै मात्रामा प्रयोग गर्नु राम्रो हुन्छ ।

जाइफल
डा. अमृत भण्डारी
लेखक
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर : ४९८ अध्ययन : बीएमएमसी (आईओएम) हाल काठमाडौं गोंगबुस्थित सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालिमा निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय