+

यी ७ लक्षण, जसले गर्छन् घाँटीको क्यान्सरको सुरुवाती संकेत

२०८२ पुष  २९ गते १५:०८ २०८२ पुष २९ गते १५:०८

आवाज कर्कश, धोद्रो वा सुख्खा हुनु, बोल्दा नाकबाट आवाज आउनु वा सामान्यभन्दा फरक स्वर महसुस हुनु यो रोगको महत्वपूर्ण लक्षण हो ।

Shares
यी ७ लक्षण, जसले गर्छन् घाँटीको क्यान्सरको सुरुवाती संकेत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घाँटीको क्यान्सरको प्रमुख कारण चुरोट, खैनीलगायत सुर्तीजन्य पदार्थ हुन् र धुम्रपानसँग मदिरा सेवनले जोखिम बढाउँछ।
  • घाँटीको क्यान्सरका प्रारम्भिक लक्षणमा निल्न गाह्रो हुनु, घाँटीमा निरन्तर दुखाइ, रगत आउनु, र आवाजमा परिवर्तन हुनु पर्दछन्।
  • यदि यी लक्षण ३–४ हप्ताभन्दा बढी रहिरह्यो वा सामान्य उपचारले निको नभए चिकित्सकसँग जाँच गराउनु आवश्यक हुन्छ।

जब शरीरको कोषिका असामान्य रुपमा फैलिन थाल्छ, तब क्यान्सर भएको बुझिन्छ । क्यान्सर शरीरको विभिन्न अंगमा हुने गर्छ, जसमध्ये एक घाँटीको क्यान्सर पनि हो । घाँटीको क्यान्सर आवाज, भोकल कर्ड तथा मुखको विभिन्न भागमा हुने गर्छ ।

चुरोट, खैनीलगायत कुनै पनि सुर्तीजन्य पदार्थ यस्तो क्यान्सरका प्रमुख कारकहरू हुन् । धुम्रपान र मदिरासँगै प्रयोग गर्नेमा यो क्यान्सरको जोखिम अझ बढी हुन्छ ।

धेरैजसो अवस्थामा सुरुवाती चरणमा घाँटीको क्यान्सरले स्पष्ट लक्षण देखाउँदैन, तर सामान्य रोगजस्तै लाग्ने केही संकेतहरू भने यसका प्रारम्भिक चेतावनी हुन सक्छन् । यसको लक्षणहरू ३–४ हप्ताभन्दा बढी समयसम्म कायम रहे वा सामान्य उपचारले निको नभए चिकित्सकसँग जाँच गराउनु अत्यावश्यक हुन्छ । सुरुवाती अवस्थामा पत्ता लागे उपचार निकै प्रभावकारी हुन्छ ।

लक्षणहरु

१. निल्न गाह्रो हुनु

यो घाँटीको क्यान्सरको सबैभन्दा सामान्य र प्रारम्भिक लक्षण मध्ये एक हो । खाना, पानी वा तातो÷चिसो पदार्थ निल्दा घाँटीमा दुखाइ, पोल्नु वा अड्किने महसुस हुन्छ । सुरुमा हल्का मात्र देखिने यो समस्या बिस्तारै बढ्दै जान्छ ।

धेरैले यसलाई सामान्य घाँटीको संक्रमण ठानेर बेवास्ता गर्छन्, तर यदि २–३ हप्तासम्म यस्तो रहिरह्यो भने शंका गर्नुपर्छ । यो लक्षण हुँदा ट्युमरले घाँटीको मार्ग साँघुरो बनाएको संकेत गर्छ ।

२. घाँटीमा निरन्तर दुखाइ भइरहनु

घाँटीमा लगातार दुख्ने वा असहज महसुस हुने समस्या पनि प्रमुख संकेत हो । सामान्य रुघाखोकी वा संक्रमणमा यो दुखाइ केही दिनमा निको हुन्छ, तर क्यान्सरमा यो दुखाइ हप्तौंसम्म रहिरहन्छ ।

एन्टिबायोटिक्स वा अन्य औषधि खाँदा पनि फरक नपर्न सक्छ । यो दुखाइ प्रायः एकातिर मात्र महसुस हुन्छ । यदि दुखाइसँगै कान दुख्ने समस्या पनि थपियो भने यो अझ बढी शंकास्पद हुन्छ ।

३. घाँटीबाट बेलाबेलामा रगत आउनु

खोक्दा वा थुकमा रगत मिसिएको देखिनु वा घाँटीबाट हल्का रगत बग्नु पनि प्रारम्भिक संकेत हुन सक्छ । यो घाउ वा ट्युमरबाट रक्तस्राव भएको कारणले हुन्छ । सुरुमा थोरै मात्रामा देखिने यो समस्या लामो समय रहिरह्यो र संक्रमणले ठिक नभए क्यान्सरको सम्भावना बढी हुन्छ । यो लक्षणलाई कहिल्यै सामान्य ठान्नु हुँदैन ।

४. घाँटीमा केही अड्किएको महसुस हुनु

घाँटीमा सधैं केही अड्किएको जस्तो महसुस भइरहन्छ । यो समस्या खाना निल्दा मात्र नभई सामान्य समयमा पनि रहिरहन्छ । नाक बन्द हुने वा सास फेर्न अप्ठ्यारो महसुस पनि हुनसक्छ । यो ट्युमरले घाँटीको भित्री भागमा अवरोध सिर्जना गरेको संकेत हो ।

धेरैले यसलाई ‘गलामा केही अड्कियो’ भनेर बेवास्ता गर्छन्, तर यदि ३ हप्ताभन्दा बढी यो लक्षण रह्यो भने जाँच अनिवार्य छ ।

५. आवाजमा परिवर्तन

आवाजमा परिवर्तन आएको महसुस हुन सक्छ । आवाज कर्कश, धोद्रो वा सुख्खा हुनु, बोल्दा नाकबाट आवाज आउनु वा सामान्यभन्दा फरक स्वर महसुस हुनु यो रोगको महत्वपूर्ण लक्षण हो ।

विशेषगरी स्वरयन्त्र प्रभावित भएमा यो समस्या छिट्टै देखिन्छ । यदि यो परिवर्तन ३ हप्ताभन्दा बढी रह्यो र कुनै संक्रमण वा चर्को बोलेको कारण नभए चिकित्सकसँग परामर्श लिनुपर्छ ।

६. घाँटी वरिपरि सुन्निएको देखिनु

घाँटीको छेउमा वा जोर्नीमा सुन्निने वा गाँठो महसुस हुनु पनि यसको लक्षण हो । यो लिम्फ नोड (लिम्फ ग्रन्थी) मा क्यान्सर फैलिएको संकेत हुनसक्छ । प्रायः दुखाइ नहुने तर बढ्दै जाने खालको हुन्छ । यदि सुन्निएको क्रमिक रूपमा बढ्दै गयो र कडा भयो भने तुरुन्त जाँच गर्नुपर्छ ।

७. घाँटीमा गाँठो वा डल्लो

घाँटीमा नदुख्ने तर कडा खालको डल्लो देखिनु, अचानक वा बिस्तारै बढ्दो अवस्थामा छ भने त्यो समान्य लक्षण नहुन सक्छ । यो क्यान्सरको फैलावटको प्रमुख संकेत हुनसक्छ । थाइराइड क्यान्सरको सबैभन्दा सुरुवाती लक्षण नै घाँटीको अगाडि वा छेउमा दुखाइरहित गाँठो पलाउनु हो । यो सानोबाट ठूलो हुँदै जान्छ र सामान्यतया छाम्दा महसुस हुन्छ ।

धेरैजसो थाइराइड नोड्युलहरू ९० प्रतिशतभन्दा बढी बेनाइन हुन्छन्, तर कडा, अचल र बढ्दो भएमा क्यान्सरको सम्भावना बढ्छ ।

एकातिर कान दुख्नु, तौल घट्नु, थकान महसुस हुनु पनि सहायक लक्षण हुन सक्छन् ।यी लक्षणहरू अन्य सामान्य रोग (जस्तै: संक्रमण, एलर्जी) का कारणले पनि हुन सक्छन्, तर यदि २–४ हप्तासम्म रहिरह्यो भने ढिलो नगरी नाक, कान, घाँटी रोग विशेषज्ञसँग परामर्श लिन सकिन्छ ।

क्यान्सर घाँटी
डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
क्यान्सररोग विशेषज्ञ

डा. अख्तर हाल ललितपुरको किष्ट मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

यी ७ लक्षण, जसले गर्छन् घाँटीको क्यान्सरको सुरुवाती संकेत

यी ७ लक्षण, जसले गर्छन् घाँटीको क्यान्सरको सुरुवाती संकेत

यी ५ तरिका, जसले बाहिर निकाल्छ शरीरभित्रका हानिकारक तत्त्वहरू

यी ५ तरिका, जसले बाहिर निकाल्छ शरीरभित्रका हानिकारक तत्त्वहरू

गर्भावस्थामा छालाको हेरचाहदेखि मेकअपसम्म : के गर्ने, के नगर्ने ?

गर्भावस्थामा छालाको हेरचाहदेखि मेकअपसम्म : के गर्ने, के नगर्ने ?

बिरामी सुरक्षामा केन्द्रित दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न

बिरामी सुरक्षामा केन्द्रित दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

जाडोमा शरीरलाई भित्रैबाट न्यानो राख्न के-के खाने ?

जाडोमा शरीरलाई भित्रैबाट न्यानो राख्न के-के खाने ?