+

बी.पी. स्मृति अस्पताल र एसिया इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

२०८२ पुष  २९ गते १३:५० २०८२ पुष २९ गते १३:५०
बी.पी. स्मृति अस्पताल र एसिया इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंस्थित बी.पी. स्मृति अस्पताल र उज्बेकिस्तानको एसिया इन्टरनेशनल युनिभर्सिटीबीच चिकित्सा शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्झौता भएको छ।

२९ पुस, काठमाडौं । काठमाडौंमा रहेको बी.पी. स्मृति अस्पताल र उज्बेकिस्तानस्थित एसिया इन्टरनेशनल युनिभर्सिटी(एआईयू) बीच विभिन्न विषयमा सहकार्य गर्ने सहमति भएको छ । चिकित्सा शिक्षा, क्लिनिकल प्रशिक्षण, अनुसन्धान, संकाय आदान-प्रदान, स्वास्थ्य सेवामा क्षमता विकास र चिकित्सा पर्यटनको प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको हो ।

एआईयूको तर्फबाट डिन डा. किशन भण्डारी र बी.पी. स्मृति अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रा. डा. भोलाराम श्रेष्ठ बीच साझेदार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

शैक्षिक व्याख्यान, क्लिनिकल मार्गदर्शन र सहयोगी परियोजनाहरूको लागि संकाय आदान-प्रदानलाई प्रवर्द्धन गर्ने सहमति भएको छ । त्यसैगरी विद्यार्थीहरूका लागि प्रशिक्षण आदान-प्रदान गर्ने, संयुक्त रूपमा अनुसन्धान तथा प्रकाशनहरू गर्ने, चिकित्सा तथा वैज्ञानिक ज्ञानको साझेदारीलाई प्रोत्साहन गर्ने जस्ता सम्झौता भएका छन् ।

बी.पी. स्मृति अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

यी ५ तरिका, जसले बाहिर निकाल्छ शरीरभित्रका हानिकारक तत्त्वहरू

यी ५ तरिका, जसले बाहिर निकाल्छ शरीरभित्रका हानिकारक तत्त्वहरू

गर्भावस्थामा छालाको हेरचाहदेखि मेकअपसम्म : के गर्ने, के नगर्ने ?

गर्भावस्थामा छालाको हेरचाहदेखि मेकअपसम्म : के गर्ने, के नगर्ने ?

बिरामी सुरक्षामा केन्द्रित दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न

बिरामी सुरक्षामा केन्द्रित दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

जाडोमा शरीरलाई भित्रैबाट न्यानो राख्न के-के खाने ?

जाडोमा शरीरलाई भित्रैबाट न्यानो राख्न के-के खाने ?

अध्ययनको रिपोर्ट : भारतका सरकारी अस्पतालमा काम गर्ने डाक्टर बन्दैछन् आफैं रोगी

अध्ययनको रिपोर्ट : भारतका सरकारी अस्पतालमा काम गर्ने डाक्टर बन्दैछन् आफैं रोगी