
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य विभागले एमआरपी नराखी वस्तु बिक्री गर्ने २ उद्योग तथा फर्मलाई ५ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
- श्रीराम टोबाको उद्योग प्रालिलाई ३ लाख र एसबीएल प्रोफेसनल प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ।
- विभागले ५ उद्योगलाई कागजात लिएर विभागमा उपस्थित हुन र २ वटालाई सामान्य निर्देशन दिएको छ।
३२ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ ।
विभागले मंगलबार गरेको नियमित बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत व्यापार–व्यवसाय गर्ने २ उद्योग तथा फर्मलाई ५ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।
विभागको अनुगमन टोलीले अनुगमन क्रममा एमआरपी नराखी वस्तु बिक्री गरेको, वस्तुको रिलेबलिङ गरेको, परिमाण, नापतौल र गुणस्तर हेरफेर गरेको पाइएपछि बुटवल उपमहानगरपालिका–११ मा रहेको श्रीराम टोबाको उद्योग प्रालिलाई ३ लाख रुपैयाँ र ललितपुर महानगरपालिका–२ को एसबीएल प्रोफेसनल प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको हो ।
विभागले ५ उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यावसायिक कागजात लिएर विभागमा उपस्थित हुन र २ वटालाई सामान्य निर्देशन मात्रै दिएको छ ।
पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमनलाई तीव्र बनाएको छ ।
प्रतिक्रिया 4