+
+
Shares

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिम स्टार ऊर्जा कम्पनीको आईपीओ असार २४ देखि २७ गतेसम्म खुलेको थियो र असार ३२ गते बाँडफाँट भएको छ।
  • बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले १८ लाख ९५ हजार ३७६ स्वीकृत आवेदनमध्ये गोलाप्रथामार्फत ७७ हजार ३९७ जनालाई सेयर बाँडफाँट गरेको छ।
  • कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा ५ मेगावाट क्षमताको आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको जनाएको छ।

३२ असार, काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।

असार २४ देखि २७ गतेसम्म खुलेको यस कम्पनीको आईपीओ आज बुधबार बाँडफाँट भएको हो । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले एक औपचारिक कार्यक्रमार्फत आईपीओ बाँडफाँट गरेको हो ।

कुल १८ लाख ९५ हजार ३७६ आवेदन स्वीकृत भएको थियो । गोलाप्रथामार्फत ७७ हजार ३९७ जनाले सेयर पाएका छन् । तीमध्ये ५ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाएका हुन् । ७ लाख ७३ हजार ९७५ कित्ता सेयर आम सर्वसाधारणका लागि खुलेको थियो ।

आईपीओको नतिजा सीडीएससीको अनलाइन आईपीओ रिजल्ट डट् सीडीससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ ।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?