+
+
Shares

स्टक डिलरले आईपीओ जारी गर्न पाउने, ब्रोकरलाई पूँजी पुर्‍याउने समय थपियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै स्टक डिलरहरुलाई आईपीओ निष्कासन गर्न पाउने व्यवस्था गरेको छ।
  • ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्‍याउने समयसीमा असार मसान्तबाट चैतसम्म बढाइएको छ।
  • नयाँ ब्रोकर कम्पनीले तोकिएको चुक्ता पूँजी पुर्‍याए पनि पुराना दुई दर्जन कम्पनीले चुक्ता पूँजी पुर्‍याउन बाँकी रहेको बोर्डले जनाएको छ।

३२ असार, काठमाडौं । अब धितोपत्र व्यापारी (स्टक डिलर)हरुले आईपीओ निष्कासन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हाल २ वटा स्टक डिलर सञ्चालनमा छन् । नागरिक स्टक डिलर र नबिल स्टक डिलर सञ्चालनमा छन् ।

तर ब्रोकर कम्पनीले भने सार्वजनिक निष्कासन गर्न पाउने छैनन् । ‘धितोपत्र व्यापारीका लागि मात्रै सार्वजनिक निष्कासन गर्न सक्नेगरी व्यवस्था गरिएको हो, ब्रोकर कम्पनीका लागि होइन’ बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले भने ।

त्यस्तै ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्‍याउने समयसीमा थप गरिएको छ । यसअघि असार मसान्तभित्र समयसीमा रहेकोमा अब त्यसलाई बढाएर चैतसम्म कायम गरिएको छ । नियमावली संशोधन गर्दै बोर्डले ब्रोकर कम्पनीको चुक्ता पूँजी पुर्‍याउने समय थपिदिएको हो ।

सीमित कार्य गर्ने ब्रोकर कम्पनीलाई चुक्ता पूँजी २० करोड तथा पूर्ण कार्य गर्नेका लागि ६० करोड रुपैयाँ तोकिएको छ । पछिबाट थपिएका नयाँ ब्रोकर कम्पनी सबैले तोकिएको चुक्ता पूँजी पुर्‍याए पनि पुराना अधिकांशको पुगेको छैन । पछिबाट सञ्चालनमा आएका ४० सहित अहिले कुल ९० ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

५० पुराना ब्रोकर कम्पनीमध्ये दुई दर्जन कम्पनीले चुक्ता पूँजी पुर्‍याउन बाँकी रहेको बोर्डले जनाएको छ । नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आउनुअघि सीमित कार्य गर्नेका लागि जम्मा २ करोड चुक्ता पूँजी तोकिएको थियो भने पूर्ण कार्य गर्नेका लागि २० करोड थियो ।

चुक्ता पूँजी वृद्धिका लागि मर्जर एउटा विकल्प भए पनि यस सम्बन्धी निर्देशिका बोर्डले गत चैतमा मात्रै तयार गरेको थियो । जसले गर्दा मर्जरमा गएर पूँजी पुँजी पुर्‍याउन चाहनेलाई समयसीमा नै अपर्याप्त हुन गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?