+
+
Shares

पहिलो एक घण्टामा ४७ अंक बढ्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सेयर बजार खुलेको पहिलो एक घण्टामै ४७ अंक बढेर २८४२ अंकमा कायम भएको छ।
  • २२७ कम्पनीको मूल्य बढेको र २१ कम्पनीको घटेको छ भने १२ बजेसम्म ४ अर्ब ४० करोडको कारोबार भएको छ।
  • ट्रेड टावरको मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ४०२ रुपैयाँ पुगेको छ र जीवन बीमा समूह २.६३ प्रतिशतले बढेको छ।

१ साउन, काठमाडौं । बिहीबार सेयर बजार खुलेको पहिलो एक घण्टामै ४७ अंक बढेको छ । सो वृद्धिपछि २८४२ अंकमा कायम भएको छ । २२७ कम्पनीको मूल्य बढेको छ भने २१ को घटेको छ ।

१२ बजेसम्म ४ अर्ब ४० करोडको कारोबार भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.६३ प्रतिशत बढेको छ । होटल तथा पर्यटन, लगानी समूह पनि २ प्रतिशतभन्दा धेरै बढेका छन् ।

हालै सूचीकृत भएको ट्रेड टावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । सो कम्पनीको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ कायम भएको छ । थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।

१२ बजेसम्म रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, राधि विद्युत्, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर तथा साहस ऊर्जा कम्पनी क्रमशः अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?