
१ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा उम्मेदवार हुन चाहनेले निर्वाचित भएर गर्नुपर्ने कामको ज्ञान अनिवार्य लिनुपर्ने बताएका छन् ।
पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यक्रम महामन्त्री थापाले कांग्रेसबाट उम्मेदवार हुनलाई पार्टीले प्रशिक्षणको प्रबन्ध गरिने बताए ।
तहगत सरकारमा गइसकेपछि के गर्ने हो र के गर्ने होइन भनि प्रशिक्षित गरिने उनले बताए । ‘सरकार आफैं उद्यमशिल सोचका साथ हुनुपर्दछ, उसले जोखिम उठाउने पनि हो,’ थापाले भने, ‘जोखिम के कुरामा उठाउने थाहा पाउने पनि हो ।’ पार्टी केन्द्रलाई ज्ञान उत्पादन गर्ने थलो बनाउन लागिएको उनको भनाइ छ ।
पार्टीले यो वर्षबाट मिसन रोजगारी अभियान सुरु गरिरहेको उनले बताए । त्यसका लागि कांग्रेसले जितेका स्थान अर्थात् ३३२ पालिकामा के गर्ने भनेर केन्द्रबाट अवगत गराइएको उनले बताए ।
‘रोजागारी सिर्जनाका लागि स्थानीय सरकारले यो यो गर्नुपर्छ र गर्नसक्छ भनेर तयार गर्यौं,’ थापाले भने, ‘थप मद्दत चाहिए केन्द्रीय कार्यालयबाट विज्ञमार्फत मद्दत गर्नसक्छौं भनेका छौं ।’
प्रतिक्रिया 4