
१ साउन, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्राध्यापकहरूलाई अधिकार र कर्तव्यबीचको सन्तुलन कायम गर्न अनुरोध गरेको छ ।
आफ्नो अधिकार खोज्दा अरुको अधिकार नखोस्न नेविसंघ केन्द्रीय समितिले इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरूलाई सचेत गराएको हो ।
इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरूको मागमा समर्थन जनाउँदै नेविसंघले पढाइमा अवरोध नगर्न अनुरोध गरेको हो ।
नेविसंघले प्राध्यापक संघहरूले संयुक्त विज्ञप्ति जारी गरी डिनको कार्यालयलाई आर्थिक स्वायत्तता र विकेन्द्रीकरणको मागलाई समर्थन जनाएको छ ।
‘प्रजातन्त्रमा कुनै एक पंक्तिको आफ्नो अधिकार रक्षाको कदम अरु कसैको अधिकार अधिग्रहणको स्रोत बन्नु हुदैन ।यसै सन्दर्भमा हामी आदरणीय प्राध्यापकज्यूहरूलाई स्मरण गराउन चाहन्छौ कि अधिकार र कर्तव्य बीचको सन्तुलन कायम राख्दै विद्यार्थीको शैक्षिक हितलाई केन्द्रमा राख्नु नै दिर्घकालिन समाधानको मार्ग हो,’ नेविसंघको विज्ञपतिमा उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4