
News Summary
Generated by OK AI. Editorially reviewed.- मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
- महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर साधारणतया बदली रहने बताएको छ।
- महाशाखाले बाढीपहिरो, डुबान र गेग्रान बहावको जोखिमका कारण सावधानी अपनाउन सर्वसाधारण र सरोकारवाला निकायलाई अनुरोध गरेको छ।
२ साउन, काठमाडौं । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । त्यसैले आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना हुनेछ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरीको सम्भावना पनि छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशका केही स्थान, मधेश प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।
प्रतिक्रिया 4