+
+
Shares

तिलिचो तालमा सोलारबाट बिजुली

नेपाल विद्युत् प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखी तिलिचो तालमा विद्युत् आपूर्तिको व्यवस्था गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले मनाङस्थित तिलिचो तालमा ३९० वाटको सौर्य प्यानल राखी विद्युत् आपूर्ति गरेको छ।
  • मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले सौर्य प्यानलबाट विद्युत् आपूर्ति भएपछि पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको बताए।
  • तिलिचो तालको आधार शिविरमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ र ताल वरिपरि बस्ती नभएकाले सौर्य ऊर्जाबाट व्यवस्था गरिएको छ।

२ साउन, काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित समुद्र सतहबाट ४ हजार ९ सय ४९ मिटर उचाइमा रहेको पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखी तिलिचो तालमा विद्युत् आपूर्तिको व्यवस्था गरेको हो । प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले केही दिनदेखि सौर्य प्यानल व्यवस्था गरी तिलिचो तालमा बिजुली बालिएको बताए ।

बिजुली पुगेपछि त्यहाँ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको केन्द्र प्रमुख महतोले उल्लेख गरे ।

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प) सम्म भने यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ ।

बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो । बेस क्याम्पबाट ताल पुग्न करिब ३ घण्टा हिँड्नु पर्छ । ताल वरिपरि बस्ती पनि नभएकाले तत्कालका लागि सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति व्यवस्था गरिएको महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?