+
+
Shares

हवाई सेवा विधेयकमाथि छलफल अघि बढाउँदै संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १०:१०
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि संशोधनकर्तासँग छलफल गर्दैछ।
  • यो विधेयक १९ माघ २०८१ मा दर्ता भएको थियो र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ल्याएका हुन्।
  • मन्त्री पाण्डेले विधेयकको उद्देश्य नेपालमा आधुनिक विमानस्थल पूर्वाधार र सुरक्षित एयर नेभिगेसन प्रणाली विकास गर्नु रहेको उल्लेख गरेका छन्।

१ साउन, काठमाडौं । संसदीय समितिले हवाई सेवा विधेयकमाथि छलफल अघि बढाउँदैछ ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल छ ।

यो विधेयक १९ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लगेको यो विधेयकको उदेश्य नेपालमा आधुनिक, सुविधायुक्त र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको विमानस्थल पूर्वाधार बनाउने भन्ने छ ।

सुरक्षित र भरपर्दो एयर नेभिगेसन प्रणालीको विकास गरी हवाई सेवालाई स्तरीय र प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक ल्याएको मन्त्री पाण्डेले विधेयकमै उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?