+
+
Shares

‘परिवार’को छायांकन स्वयम्भुबाट सुरु, कलाकारमा लक्ष्मी बर्देवा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परिवार'को छायांकन शुक्रबार स्वयम्भुबाट सुरु भएको छ र निर्देशक मदन थापाले निर्देशन गर्दैछन्।
  • फिल्मको शीर्ष भूमिकामा लक्ष्मी बर्देवा छन् र निर्मातामा किरण रिजाल, रमेश शाही, भिसाका विक्रम थापा, स्प्रान्जा कँडेल छन्।
  • कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् र छायांकन नीरज कँडेलले गर्नेछन्।

काठमाडौं । फिल्म ‘परिवार’को छायांकन शुक्रबार स्वयम्भुबाट सुरु भएको छ । त्यसअघि शुभमुहूर्त पूजा गर्दै फिल्मबारे जानकारी दिइयो ।

मदन थापाले निर्देशन गर्ने फिल्मको छायांकन काठमाडौंसहित मोफसलका केही थलोमा हुनेछ ।

निर्देशक थापाले यसअघि ‘बाटो : रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर १’मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् ।

फिल्मको घोषणा पोस्टरमा ४ पात्र चित्रित छन् । एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ ।

टाइटल डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् ‘वार’ लेखिएको छ । यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गरेको छ । परिवारका सदस्यका साथमा रहेको कुकुर र बिरालोले मिल्न नसकेको परिवार अथवा झगडा भइरहने परिवारको संकेत गरेको छ ।

फिल्मको शीर्ष भूमिकामा अहिलेसम्म दिइएको जानकारीअनुसार लक्ष्मी बर्देवा छिन् । अन्य कलाकार खुलाइएको छैन । किरण रिजाल, रमेश शाही, भिसाका विक्रम थापा, स्प्रान्जा कँडेल निर्माताको रुपमा छन् । सहनिर्मातामा सन्तोष अधिकारी छन् ।

कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् । नीरज कँडेलको छायांकन रहने फिल्ममा शेर शाही क्रिएटिभ डिरेक्टर छन् ।

छायांकन विशेष महर्जनको हुनेछ । चिफ एडी सिर्जना भुजेल, असिस्टेन डिरेक्टर राजिव गहतराज, एक्सन डिरेक्टर एनबी महर्जन रहनेछन् । लाइन प्रोडुसरमा वारिस सोना, कार्यकारी निर्मातामा रमेशबहादुर शाही छन् ।

रे अफ आर्टको प्रस्तुति रहने फिल्ममा भिसा आई फिल्मस र साही फिल्मस पनि सहकार्य रहनेछ । आत्रेय प्रोडक्सन हाउसको उत्पादन रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?