+
+
Shares

६० फिटको पोस्टर सार्वजनिक गर्दै ‘बलिदान’ प्रवर्द्धन अभियानमा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'बलिदान'ले दशैंमा प्रदर्शन तयारीमा देशव्यापी प्रवर्धन अभियान सुरु गरेको छ।
  • निर्देशक सन्तोष सेनले 'बलिदान'लाई 'सिनेम्याटिक क्रान्तिको सुरुवात' भनेका छन्।
  • फिल्ममा समीर भट्ट, सौगात मल्ल, कविता राय लगायत कलाकारको अभिनय छ र निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन्।

काठमाडौं । दशैंमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’ले देशब्यापी प्रवर्धन अभियान थालेको छ । ६० फिट अग्लो र १६ फिट चौडाइको शिाल नयाँ पोस्टर सार्वजनिक गदै निर्माताले प्रचार थालेका हुन् ।

यो फिल्म दशैंको फूलपातिमा प्रदर्शन हुने जनाइएको छ । विहीबार गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा पोस्टर राख्दै प्रवर्धन सुरु भएको जानकारी दिइयो ।

पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रोधित भावमा देखिएका अभिनेता समीर भट्ट एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् ।

समीरको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भावना झल्किन्छ । आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ ।

दृश्यले फिल्मको द्वन्द्वात्मक स्वभाव र गहिरो देशभक्तिपूर्ण सन्देश झल्काउँछन् । पोस्टर सार्वजनिकसँगै निर्देशक सन्तोष सेनले यो फिल्म ‘सिनेम्याटिक क्रान्तिको सुरुवात’ भएको बताए ।

उनले भनेका छन्, ‘बलिदान एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात हो । विभिन्न चरणको छायाङ्कन, सम्पादन र सृजनात्मक परिश्रमपछि अब गर्वका साथ भन्न सक्छौँ, बलिदान केवल चलचित्र होइन, यो एउटा अभियान बनिसकेको छ ।’

फिल्मलाई गाउँसहर, टोल–बस्ती हुँदै हरेक दर्शकको मनसम्म पुर्‍याउने लक्ष्य लिएको उनले बताए । यसअघि सार्वजनिक गरिएको पोस्टरमा अभिनेता सौगात मल्ल एक सशक्त र रहस्यमय अवतारमा प्रस्तुत भएका थिए ।

फिल्मको घोषणादेखि अहिलेसम्म सार्वजनिक गरिएका समीर भट्ट र कविता रायका पात्र परिचय दिने पोस्टरले पनि उत्तिकै चर्चा पाएका थिए ।

आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, कविता रायसँगै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ ।

निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?