+
+
Shares

सिरहाबाट ७१७ किलो गाँजा बरामद

बरामद भएको २७ पोका गाँजा तौल गर्दा कुल ७१७.६ किलोग्राम पुगेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियामा ६० वर्षीय मेदी यादवको घरबाट २७ पोका गाँजा बरामद गरिएको छ।
  • बरामद गाँजाको कुल तौल ७१७.६ किलोग्राम रहेको सिरहा प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
  • बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सिरहामा पठाइएको छ र फरार मेदी यादवको खोजी तथा थप अनुसन्धान भइरहेको छ।

२ साउन, जनकपुरधाम । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियामा ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

आज बिहान ६ बजे गोप्य सूचनाको आधारमा ६० वर्षीय मेदी यादवको घरमा चेकजाँच गर्दा घरभित्र २६ र थप १ गरी २७ पोका गाँजा बरामद भएको छ । घरमुली  यादव भने फरार छन् ।

बरामद भएको २७ पोका गाँजा तौल गर्दा कुल ७१७.६ किलोग्राम पुगेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ ।

फरार रहेका मेदी यादवको खोजीका कार्यसँगै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?