+
+
Shares

नेपाल-चीनबीचको सम्बन्धलाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन्।
  • नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा ओलीले यस्तो बताएका हुन्।
  • उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै कसर बाँकी नराखिने स्पष्ट पारे।

२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् ।

उनले  दुई देशबीचको सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा शुक्रबार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

नेपाल-चीनबीच अत्यन्तै पुराना र ऐतिहासिक कूटनीतिक सम्बन्ध भएको भन्दै यस्तो कार्यक्रमले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको उनको भनाइ छ ।

‘यसले पुस्तापुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउने छ । बहुआयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरू लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरू हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?