
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट र बंगलादेशको स्टार सिनेप्लेक्सबीच द्धिपक्षीय फिल्म प्रदर्शन सहमति भएको छ।
- ढाकाको स्टार सिनेप्लेक्सले काठमाडौंको एप्पल इन्टरटेनमेन्टले वितरण गरेको 'केटी हराएको सूचना : मिसिङ' फिल्म बंगलादेशमा रिलिज गरेको छ।
- एप्पल इन्टरटेनमेन्टले अगस्टमा बंगलादेशी फिल्म 'नो डोराई'लाई नेपालमा प्रदर्शन गर्ने योजना बनाएको छ।
काठमाडौं । नेपालको फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट र बंगलादेशको मल्टिप्लेक्स चेन स्टार सिनेप्लेक्सबीच द्धिपक्षीयरुपमा फिल्म प्रदर्शनको सहमति भएको छ ।
जसअनुसार, ढाकाको स्टार सिनेप्लेक्सले काठमाडौंको एप्पल इन्टरटेनमेन्टले वितरण र निर्माण गरेको फिल्म ‘केटी हराएको सूचना : मिसिङ’लाई शुक्रबारदेखि बंगलादेशमा रिलिज गरेको छ ।
सोही सहमतिअनुसार, स्टार सिनेप्लेक्सले निर्माण गरेको फिल्म ‘नो डोराई’लाई एप्पलले अगस्ट महिनामा नेपालमा प्रदर्शनमा ल्याउँदैछ । एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले दुई मुलुकका कम्पनीबीच द्धिपक्षीय रिलिजको सहमति भएको बताए ।
दक्षिण एसियाली स्वतन्त्र ब्यापार सम्झौता (साफ्टा)अन्तर्गत रहेर यी दुई कम्पनीले द्धिपक्षीयरुपमा फिल्म रिलिज गर्न लागेका हुन् ।
विहिबार स्टार सिनेमाले ढाकामा ‘केटी हराएको सूचना’को प्रिमियर गरिएको थियो । प्रिमियर समारोहमा नेपाली राजदूत घनश्याम भण्डारी, निर्देशक दीपेन्द्र गौचन, अभिनेता नाजिर हुसेन सहभागी थिए ।
एप्पल इन्टरटेनमेन्टले पनि अगस्टमा बंगलादेशी फिल्म ‘नो डराई’लाई अंग्रेजी सबटाइटलमा नेपालमा रिलिज गर्दैछ ।
दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) भन्सार शुल्क र अन्य व्यापार अवरोधहरू घटाएर दक्षिण एसियाली देशहरू बीच व्यापार र आर्थिक सहयोग प्रवर्धन र वृद्धि गर्ने उद्देश्यले गरिएको व्यापार सम्झौता हो । जुन, सम्झौता सन् २००६ देखि कार्यान्वयनमा आएको हो ।
यसअघि नेपाली फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा बंगलादेशमा रिलिज भैसकेको छ । यसबाहेक ‘महापुरुष’ लगायतका अन्य केही नेपाली फिल्म ढाका र चटगाउँ फिल्म फेस्टिभलमा स्क्रिनिङ भैसकेका छन् ।
प्रतिक्रिया 4