+
+
Shares

मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो

बाढी र पहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर अवरूद्ध भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ९:४९
ह्युमपाइप राखेर बनाइएको डाइभर्सन हेवा खोलाको बाढीले बगाएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अवरुद्ध भएको छ।
  • राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ ।
  • बाढी र पहिरोका कारण तमोर करिडोर पनि अवरुद्ध छ।

४ साउन, विराटनगर । हेवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाब घटेपछि डाइभर्सन मर्मत गरेर सञ्चालन गर्ने उनले बताए । ‘अहिले पानीको बहाव घट्ने क्रममा छ, घटेपछि यातायात सुचारु हुन्छ,’ उनले भने, ‘अहिले यातायात अवरुद्ध छ ।’

राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ ।

यसअघि २०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि बनाइएकाे बिलिब्रिज पनि गत असोज १२ गते आएको बाढीले बगाएकाे थियाे ।त्यसपछि हेवा खोलामा डाइभर्सन बनाएर यातायातका साधन सन्चालन गरिएको थियो ।

गत जेठ ३१ गते मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने हेवाखोलाको बेलिब्रिज निर्माण सक्ने भनिएकै दिन नै भाँचिएको थियो ।

बाढी र पहिरोका कारण मेची राजमार्गसँगै तमोर करिडोर पनि अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोका कारण साँगुरीगढी गाउँपालिका– ९ मा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

तमोर करिडोरमा झरेको पहिरो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?