News Summary
Generated by OK AI. Editorially reviewed.- उज्बेकिस्तानको तास्केन्तमा जुलाई २३ देखि २७ सम्म आयोजना हुने वर्ल्ड युथ सभात च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आइतबार प्रस्थान गरेको छ ।
- नेपालबाटट बसील तोयेना ८०-८५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
- नेपाली टोलीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक लामा लगायतले सफलताको शुभकामना दिएका थिए ।
४ साउन, काठमाडौ् । उज्बेकिस्तानको तास्केन्तमा यही जुलाई २३ देखि २७ तारिखसम्म आयोजना हुने वर्ल्ड युथ सभात च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आइतबार उज्बेकिस्तान प्रस्थान गरेको छ ।
नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेतको नेतृत्वमा तीन सदस्यीय टोली प्रतियोगितामा सहभागी हुनेछ । टोलीमा बस्नेत आफैं कोचको भूमिकामा रहनेछन् भने विज्ञान अर्याल टोली व्यवस्थापक छन् ।
नेपालतर्फबाट प्रतिस्पर्धामा बसील तोयेना सहभागी हुनेछन् । उनले ८०–८५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
बसीलले गत फेब्रुअरीमा भारतमा आयोजित छैठौं एशियन सभात प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । बस्नेतले यस प्रतियोगितामा पनि पदक जित्नेमा आफू आशावादी रहेको बताएका छन् ।
नेपाली टोलीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक लामा, नेपाल सभात संघका महासचिव सिद्धि ब्यंजनकार, भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दिलीप केशीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए ।
प्रतिक्रिया 4