+
+
Shares

भुटानबाट ठूलो संख्यामा नेपाली लखेटिएका थिए : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १४:३९

४ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आइतबार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरूसँग संसद् भवनमा भेट्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

साथै, उनले भुटानबाट ठूलो संख्यामा नेपालीहरू लखेटिनुपरेको विषय पनि सो क्रममा सुनाए ।

‘पञ्चायत व्यवस्थालाई अन्त्य गरेर बहुदलीय व्यवस्था आएको थियो, त्यहीबेला भुटानबाट ठूलो संख्यामा नेपाली मुलका धेरै नागरिकहरू लखेटिनुभयो । उनीहरूलाई नेपाली जनताले फूलमाला लगाएर स्वागत गरेका थिए,’ सभामुख घिमिरेले भने, ‘फकिर्ने कोशिस गर्दा पनि भारत सरकारले बाटोमा सुरक्षा निकायहरू राखेर जान दिएन । हामी नेपाली र नेपाली मुलको भएको कारणले भुटान पुगेपनि पाँच पुस्तापछि नेपाली नागरिकलाई लखेट्ने काम गर्‍यो ।’

उक्त भेटघाट कार्यक्रममा सभामुख घिमिरेले विगतमा नेपालीहरूले भोग्नुपरेको निरंकुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै आएको उल्लेख गरे ।

‘विश्वका विभिन्न देशमा रहनु भएका नेपाली भाषीहरूलाई एक ठाउँमा ल्याउने काम मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले गरेको छ । यसको अर्थ के हो भने हामी जुन मुलकबाट ओरिजिन भयौं,’ सभामुख घिमिरेले भने, ‘त्यसको पहिचान हाम्रो संस्कार, हाम्रो भाषा र संस्कृति र साहित्यको संरक्षण गर्न सहयोग गर्छ । त्यसकारण सबैले मिलेर संसारभर रहनुभएका नेपालीहरूलाई गाँस्ने कुराको विकासमा आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’

उनले निरंकुश राजतन्त्रको कठोर घेराभित्र नेपाल थिचिएको कारण तत्कालीन समयमा नेपालमो कला र साहित्यसँग सम्बन्धीत कार्यक्रमहरु आयोजना हुन नपाएको उल्लेख पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?