
४ साउन, काठमाडौं । नेपालका लागि होन्डा मोटर कम्पनीको आधिकारीक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालमा ‘प्रो होन्डा जेनुइन इन्जिन आयल’ लाई नयाँ ग्लोबल होन्डा ब्रान्डका रूपमा भित्र्याइ बिक्री सुरु गरेको छ ।
होन्डा मोटर कम्पनीले मोटरसाइकल र अन्य पावर प्रडक्ट उत्पादनका लागि विकसित, आधुनिक र विश्वस्तरीय यो इन्जिन आयल ब्रान्डको उद्देश्य होन्डाका सबै प्रयोगकर्तालाई आफ्नो सवारी तथा पावर प्रडक्टका लागि गुणस्तरीय जेनुइन इन्जिन आयल सुविधा पुर्याउनु भएको जनाएको छ ।
प्रो होन्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदूषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ । यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षण कम गर्ने हुँदा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउने कम्पनीको दाबी छ ।
यतिमात्र नभई यसमा खिया लाग्न नदिने विशेष गुण भएका कारण यसले इन्जिनका पाटपुर्जा खियाबाट जोगाउने र समग्रमा इन्जिनको आयु अझ बढाउने जनाइएको छ ।
स्याकार ट्रेडिङ कम्पनीका अनुसार प्रो होन्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ । इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होन्ढडा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त छ ।
प्रो होन्डा आयल विभिन्न गुणस्तरीय भेरिएन्टमा उपलब्ध छन् । यसमा १० डब्लू ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लू ३० एमए नेपाल ६ लिटर साथै ५ डब्लू ३० एमबी नेपाल १ लिटर र अन्तमा होन्डा हाई पर्फर्मेन्स इन्जिन आयल एसएई १० डब्लु ३० छन् ।
यस नयाँ र गुणस्तरीय उत्पादन लन्चसँगै होन्डाले नेपालका सवारी धनीलाई उत्कृष्ट आयलको अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ । प्रो होन्डा आयलले नेपाली बजारमा सवारीसाधनको इन्जिनमा सुधार ल्याउने र ग्राहकको विश्वास जित्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4