
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ४ असार सोमबार बिहान ११ बजे च्यासलमा बस्ने भएको छ।
- बैठकमा विधान संशोधन प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको रिर्पोटिङ र महाधिवेशन तयारीमा छलफल हुनेछ।
- संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थालाई हटाइएको छ र पार्टी संरचना तीन तहको प्रस्ताव गरिएको छ।
४ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ ।
केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सोमबारदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।
विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।
यसैगरी, पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ । एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ । केन्द्रीय कमिटीको बैठक भोलि र पर्सि बस्ने प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।
राससको सहयोगमा
प्रतिक्रिया 4