
४ साउन, काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो ।
उक्त अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिए ।
चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो ।
उनीविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4