+
+
Shares

काँकरभिट्टा नाकाबाट २२ अर्बको कृषिजन्य वस्तु निर्यात    

रासस रासस
२०८२ साउन ५ गते १३:३१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र काँकरभिट्टाबाट आर्थिक वर्ष २०८१/८२ मा २२ अर्ब १६ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबर कृषिजन्य वस्तु निर्यात भएको छ।
  • निर्यात हुने मुख्य वस्तुहरूमा चिया नौ अर्ब ५५ करोड ८५ लाख, अलैँची छ अर्ब ५९ करोड २० लाख, प्लाइ तथा भेनियर तीन अर्ब ८५ करोड ७१ लाख रहेका छन्।
  • पूर्वी नाकाबाट आर्थिक वर्ष २०८१/८२ मा तीन अर्ब ४६ करोड १ लाख ६६ हजार रुपैयाँ बराबर कृषिजन्य वस्तु आयात भएको छ।

५ साउन, झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा २२ अर्ब १६ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसो लगायत छन् ।

गत आवमा सबैभन्दा धेरै चिया नौ अर्ब ५५ करोड ८५ लाख, अलैँची छ अर्ब ५९ करोड २० लाख, प्लाइ तथा भेनियर तीन अर्ब ८५ करोड ७१ लाख, अम्लिसो एक अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।

साथै अदुवा २७ करोड २६ लाख, बन्दा आठ करोड ६० लाख, जडीबुटी नौ करोड १३ लाख, मसुरो दाल नौ करोड सात लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट तीन अर्ब ४६ करोड एक लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ ।

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १७ करोड ७० लाख ७२ हजार, चामल नौ करोड २७ लाख, ताजा तरकारी ३८ करोड ३२ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ ।

यसैगरी ताजा फलफूल ३८ करोड ११ लाख, लसुन रु ६४ करोड १५ लाख, आलु ७३ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?