+
+
Shares

शिक्षक आन्दोलनले १२ कक्षाको नतिजामा ढिलाइ, साउन अन्तिममा सार्वजनिक गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ।
  • शिक्षकहरूको २९ दिन लामो आन्दोलनका कारण नतिजा सार्वजनिकमा १० दिन ढिलाइ हुने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
  • परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।

५ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो ।  तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

परीक्षा ढिलागरी भएकाले नतिजा पनि १० दिन ढिला सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

‘उत्तर पुस्तिका परीक्षणको काम सकिएको छ । अहिले इन्ट्रीको काम धामधम भइरहेको छ । नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी छ,’ उनले भने ।

बोर्डका अनुसार परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?