+
+
Shares

एमालेको व्यवहारप्रति शेखरको असन्तुष्टि : कुलिङ पिरियडको संशोधन प्रस्ताव र भूमि विधेयकको हतारोमा चासो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ११:३९

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद्‍सम्बन्धी विधेयकमा सत्ताको नेतृत्व गरेको नेकपा एमालेबाट भएको व्यवहारप्रति प्रश्न उठाएका छन् ।

४३औं बीपी स्मृति दिवसमा बोल्ने क्रमममा नेता कोइरालाले राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिकहाँ पुगेको संवैधानिक परिषद्‍को विधेयकमा भएको व्यवस्थाप्रति पनि असन्तुष्टि जनाए ।

कोइरालाले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कुलिङ पिरियड नराख्ने व्यवस्था स्विकार्य नहुने अडान राख्नुपर्ने बताए । सभापति देउवाले विद्युत सम्बन्धि टेक एण्ड पे सभापतिले लिएको अडान जस्तै कुलिङ पिरियडमा पनि देखिनुपर्ने कोइरालाले बताए ।

राज्य व्यवस्था समितिबाट पारित भएभन्दा फरक प्रावधान सहितको व्यवस्थता प्रतिनिधि सभाबाट पारित हुँदा सांसदहरुको गल्ति भएको उनले बताए । ‘गल्ति हाम्रो पनि छ । म भन्दिन मेरो पनि गल्ति छैन । राज्य व्यवस्था समितिका साथीहरुको गल्ति छ’, कोइरालाले भने,‘राज्य व्यवस्था समितिका सभापतिको गल्ति छ । हस्ताक्षर गर्ने अनि हेर्न चाहिं नहेर्ने ?’ विधेयक संशोधन गर्ने नाममा राष्ट्रिय सभामा एमालेका सांसदले गरेको प्रस्तावले कांग्रेसको कोर भ्यालु माथि प्रहार गरेको उनले बताए ।

भूमि विधेयकलाई संसदबाट पारित गर्न एमालेको हतारप्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘किन आजको भोलि नै पास गर्नुपर्ने ? समितिका छलफल गर्न किन डराइरहनु भएको छ । त्यसको जवाफ कांग्रेसलाई चाहिन्छ’, कोइरालाले भने ।

कोइरालाले संवैधानिक परिषद् विधेयक संसदबाट पारित भए अनुसार राष्ट्रपतिले अनुमोदन गरे संविधानको स्पिरिट मर्ने । ‘प्रधानमन्त्री र एक सदस्यको संवैधानिक परिषदको बैठक बसेर जे पनि गर्नसक्ने भयो’, कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?