+
+
Shares

‘फेस अफ नेपाल २०२५’मा चार विजेता छनोट

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सौन्दर्य प्रतियोगिता 'फेस अफ नेपाल २०२५' मा पुरुषतर्फ सौगात प्रधान र योगेश शर्मा तथा महिलातर्फ सदीक्षा श्रेष्ठ र दिव्यश्वरी आचार्य विजेता घोषित भएका छन्।
  • विजेताले अक्टोबरमा दक्षिण कोरियामा आयोजना हुने 'फेस अफ एसिया' मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
  • राष्ट्रिय निर्देशक मेनुका माझीले यसवर्ष पनि प्रतिनिधिले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति दिने आशा राख्नुभएको छ।

काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल २०२५’ चारजना विजेता घोषित भएका छन् । हायात रिजेन्सीमा आयोजित फिनालेमा ती विजेता छनोट गरियो ।

छनोट हुनेमा पुरुषतर्फबाट सौगात प्रधान र योगेश शर्मा छन् भने महिलातर्फबाट सदीक्षा श्रेष्ठ र दिव्यश्वरी आचार्य छन् ।

चारैजना विजेताले दक्षिण कोरियामा अक्टोवरमा आयोजना हुने ‘फेस अफ एसिया’मा मुलुकको प्रतिनिधित्व गर्नेछन् । राष्ट्रिय निर्देशक मेनुका माझीले यसवर्ष पनि प्रतिनिधिले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति दिने आशा राखिन् ।

फिनालेमा पेजेन्टकी अन्तर्राष्ट्रिय निर्देशक राउल इनली उपस्थित थिइन् । फिनालेको जजमा अन्तर्राष्ट्रिय निर्देशक राउलसँगै कलाकार रीमा विश्वकर्मा, पूर्वमिस नेपाल माल्भिका सुब्बा, फिल्म निर्देशक सरोज पौडेल लगायत थिए ।

कोरियोग्राफरमा रुपमा दिक्पाल कार्की थिए भने स्मिता भुसाल र बिशाल श्रेष्ठ सहायक कोरियोग्राफर थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?