+
+
Shares

सिन्धुलीको मधुगंगा मन्दिर परिसरमा हत्या भएका व्यक्तिको पहिचान खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १३:११

६ असार, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–२ को मधुगंगा महादेव मन्दिरमा हत्या भएका व्यक्तिको पहिचान भएको छ ।

मधुगंगा महादेव मन्दिर दर्शनका लागि आएका भारतको सितामडी भवदेपुर–११ का पंकज कुमार भगत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकका दाजु रंजित भगतले सिन्धुली अस्पतालमा पुगेर सनाखत गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

मधुगंगा महादेव दर्शनका लागि आएका आएका तीर्थयात्रीको समूहबीच विवाद हुँदा सोमबार धारिलो हतियार प्रयोग गरी पंकजको हत्या गरिएको थियो । घटनास्थल दुधौली–२ मधुगंगा महादेव मन्दिर क्षेत्र लामिडाडाबाट प्रहरीले चुप्पी र खुर्पा समेत बमरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चुप्पी र खुर्पा प्रहार गर्नेपनि भारतीयहरू नै हुनसक्ने आंकलन छ । उनीहरूको खोजीकार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?