+
+
Shares

एएफपी कर्मचारी संघले भन्यो– गाजामा स्वतन्त्र पत्रकारहरु भोकले मर्दैछन्

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते ८:०६

७ साउन काठमाडौं । फ्रान्सस्थित अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘एजेन्सी फ्रान्स प्रेस (एएफपी)’को पत्रकार संघले यदि तत्काल हस्तक्षेप नभए गाजा क्षेत्रमा रहेका स्वतन्त्र पत्रकार (फ्रिलान्सर) भोकले मर्ने जनाएको छ ।

एएफपी पत्रकार संघले विज्ञप्ति जारी गरी गाजा क्षेत्रमा जारी भोकमरीको चपेटामा पत्रकारहरु पनि परेको जनाएको हो ।

उसले भनेको छ, ‘एएफपी समाचार एजेन्सीले गाजा क्षेत्रमा स्वतन्त्र पत्रकारहरुसँग मिलेर काम गरिरहेको छ । हामी उनीहरु मर्न लागेको देख्न सक्दैनौं । स्वतन्त्र पत्रकारहरु अभावमा बाँचीरहेका छन् । खाना, पानी र स्वच्छताको कमीका बीच रिपोर्टिङ गर्नका लागि आफ्नो ज्यान जोखिममा राखिरहेका छन् ।’

यो अवस्था महिनौंदेखि असहाय रुपमा हेरिरहनुपर्ने बाध्यता रहेको यो अवस्था उनीहरुको अदम्य साहसका बाबजुद असैह्य भएको उसले जनाएको छ ।’

एएफपीले गाजाबाट आफ्ना ८ कर्मचारी र तिनका परिवारका सदस्यलाई बाहिर निकाल्यो

गाजा क्षेत्रका नागरिक भोकमरीको चपेटामा परेका छन् ।

एएफपीले गत जनवरीदेखि अप्रिल २०२४ को बीचमा गाजा क्षेत्रबाट आफ्ना आठ कर्मचारी र तिनीहरुका परिवारका सदस्यलाई सुरक्षित रुपमा बाहिर निकालेको थियो । अब स्वतन्त्र पत्रकारहरुका लागि पनि यही कदम उठाइने उसले जनाएको छ ।

यद्यपि कडा नाकाबन्दीका कारण यो काम गर्न निकै कठिन हुने उसको अनुमान छ । एएफपीले इजरायली अधिकारीहरुलाई फ्रिलान्सर पत्रकारहरुलाई त्यहाँबाट निकाल्ने अनुमति दिन अनुरोध गरेको छ ।

तर स्मरणीय के छ भने इजरायलले बीबीसी सहितका अन्तर्राष्ट्रिय पत्रकारहरुलाई गाजा क्षेत्रमा स्वतन्त्र रुपमा रिपोर्टिङ गर्नका लागि प्रवेश अनुमति दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?