+
+
Shares

सल्यानमा मिनी बस दुर्घटना, १५ जना घाइते

नेपालगञ्जबाट कुमाख गाउँपालिकाको रागेचौरतर्फ जाने क्रममा अनियन्त्रित भएर बस सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानको कुमाख गाउँपालिका-२ मा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
  • घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
  • घाइतेहरूलाई नेपालगञ्ज र चौरजहारीतर्फ उद्धार गरी उपचारका लागि पठाइएको छ।

८ साउन, काठमाडौं । सल्यानमा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

सल्यानको कुमाख गाउँपालिका-२ मा भे१ख ३९९४ नम्बरको मिनी बस दुर्घटना हुँदा त्यसमा सवार  १५ जना घाइते भएको प्रहरीले जनाएको छ । १५ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ

प्रहरीका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज र चौरजहारीतर्फ पठाइएको छ ।

नेपालगञ्जबाट कुमाख गाउँपालिकाको रागेचौरतर्फ जाने क्रममा अनियन्त्रित भएर बस सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?