
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ, जसमा ५ हाइड्रोपावर कम्पनी छन्।
- कालिका पावरको मूल्य ६४८.२२ र बुटवल पावरको १०३३.२८ रुपैयाँ पुगेको छ।
- नेपाल पुनर्बीमा, ट्रेड टावर, सांग्रिला डेभलपमेन्ट बैंक र सीईडीबी होल्डिङ्सको मूल्य पनि उच्च भएको छ।
९ साउन, काठमाडौं । सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस सेयर पश्चात समायोजित मूल्य गणनापछि यी कम्पनीको मूल्य उच्च भएको हो ।
मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् । ९ वटा कम्पनीमध्ये ५ वटा हाइड्रोपावर छन् । हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा कालिका पावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप तथा सान्भी इनर्जी छन् ।
यीमध्ये सान्भी हालै सूचीकृत भएको कम्पनी हो । बिहीबार बजार बन्द हुँदा कालिका पावरको मूल्य ६४८.२२, राधिको ८७०.५४, बुटवल पावरको १०३३.२८, ङादी ग्रुपको ४४६.०५ तथा सान्भीको ५७७.९० रुपैयाँ छ ।
हाइड्रोपावरबाहेक अन्य समूहका नेपाल पुनर्बीमा र ट्रेड टावर, विकास बैंक समूहको सांग्रिला डेभलपमेन्ट बैंक तथा लगानी समूहको सीईडीबी होल्डिङको मूल्य हालसम्मकै उच्च भएको हो । ट्रेड टावर हालै सूचीकृत कम्पनी हो ।
बिहीबार बजार बन्द हुँदा नेपाल पुनर्बीमाको मूल्य १५९८.९६, ट्रेड टावरको ६४८.२०, सांग्रिला डेभलपमेन्टको ४९३, सीईडीबीको २९३९.२१ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया 4