+
+
Shares

भाइ–बुहारीको झगडा छुटाउन गएका दाइको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १०:०३

९ साउन, जनकपुरधाम । सिरहामा भाइ–बुहारी बिचको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या भएको छ । गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाको खुकुरी प्रहार गरी हत्या भएको हो ।

उनलाई आफ्नै भाइ २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

डिएसपी पासवानका अनुसार बिहीबार राति ९ बजेतिर श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको थियो । विवाद छुट्टाउन गएका दाइ मोतीराम सदालाई भाइ श्यामले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा राति सवा ११ बजेतिर मृत्यु भएको डिएसपी पासवानले बताए ।

खुकुरी प्रहार गरी फरार भएका भाइ श्यामलाई सिरहा प्रहरीले औरही गाउँपालिकास्थित सीमा क्षेत्रबाट आज बिहान पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?