+
+
Shares

गर्भवतीलाई हेली एम्बुलेन्सबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते २०:३४

९ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–७ बनखुको गर्भवतीको शुक्रबार हेली एम्बुलेन्सबाट उद्धार गरिएको छ ।

बुधबार दिउँसो २ बजेदेखि सुत्केरी ब्यथा लागेर अवस्था गम्भीर भएकी वर्ष २८ को देव कुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको हो ।

बनखु स्वास्थ्य चौकीमा भर्ना भएपनि उच्च रक्तचापको कारण सुत्केरी गराउन नसकेकोले हेलिकप्टरबाट उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

‘भर्ना भएको २४ घण्टासम्म औषधी खुवाउँदा पनि गर्भवतीको रक्तचाप नघटेको तथा गर्भ शिशुको अवस्थामा समेत समस्या आयो, स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसक्ने भएको कारण हेली एम्बुलेन्स मार्फत उद्धार गर्यौं,’ पालिका अध्यक्ष जिम्बाले भने ।

हेलिकप्टर उडानका लागि स्वास्थ्य संस्थाका इन्चार्ज सपना वाईवाले गाउँपालिका अध्यक्षलाई तथा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग अनुमति माग गरेअनुसार प्रशासन कार्यालयले गृहमन्त्रालयसंग अनुमति लिई हेलिकप्टर प्रयोग गरिएको अध्यक्ष जिम्बाले बताए ।

राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत निशुल्क हेली एम्बुलेन्स प्रयोग गरिएको पालिकाले जनाएको छ ।

बनखु स्वास्थ्य चौकीका इन्चार्ज सपना वाईवाका अनुसार सुत्केरी व्यथाका कारण साउन ८ गते दिउँसो स्वास्थ्य चौकीमा ल्याइएको बिरामीको उच्च रक्तचाप, व्यथा लामो हुनु, गर्भ शिशुमा समस्याका कारण तत्काल अस्पताल पुयाउनुपर्ने अवस्था भएकाले हेली एम्बुलेन्सबाट उद्धार गरिएको हो ।

डाँडापारि क्षेत्रमा कच्चीसडक सञ्जाल मात्रै भएको र अहिले बर्सातका कारण बाटो अवरुद्ध भएर सवारी साधनसमेत चल्न नसकेकाले हेलिकप्टरमार्फत उद्धार गर्नु परेको हो ।

राष्ट्रपति महिला उद्दार कार्यक्रम मार्फत नि:शुल्क हेली एम्बुलेन्स मार्फत अहिलेसम्म १४ जना गर्भवतीको उद्धार भएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?