+
+
Shares

भरतपुर महानगरसँगको साझेदारीमा रूरूक्षेत्रमा निर्माण गरियो फल्चा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते ७:०८

१० साउन, गुल्मी । गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक र ऐतिहासिक क्षेत्र रूरूक्षेत्रमा रिडीमा आकर्षक र सांस्कृतिक महत्व बोकेको फल्चा निर्माण गरिएको छ ।

रूरूक्षेत्र गाउँपालिका वडानम्बर–१ स्थित कालिगण्डकी नदीको किनारमा निर्माण गरिएको उक्त फल्चा आन्तरिक तथा बाह्य पर्यटक र रिडी पुग्ने तीर्थयात्रीलाई लक्षित गरी बनाइएको हो ।

फल्चा निर्माणसँगै त्यस क्षेत्रमा सानो पार्कसमेत निर्माण गरिएको छ । जसले रिडी क्षेत्रको पर्यटकीय वातावरणलाई रमणीय र स्वागतयोग्य बनाउने रूरूक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

रूरूक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिका बीच भगिनी सम्बन्धको सन्दर्भमा संयुक्त रूपमा निर्माण गरिएको हो । दुवै पालिकाले ५०/५० प्रतिशत लगानी साझेदारीमा फल्चा निर्माण गरिएको अध्यक्ष ज्ञवालीले बताए ।

३२ लाख २६ हजारको लागतमा नीलकण्ठ कन्ट्रक्सनले निर्माण गरेको हो । काठमाडौं संस्कृति, कला र नेवारी वास्तुकलाको झल्को दिनेगरी फल्चा निर्माण गरिएको छ ।

जसले पर्यटकलाई काठमाडौंको पुरानो शहरको अनुभव गराउनेछ । रिडी प्रसिद्ध धार्किक क्षेत्र रहेकाले यसको महत्व धेरै रहेको छ ।

पछिल्लो समय यस्ता मौलिक कलात्मक स्थलहरु निर्माणले झनै महत्व झनै बढ्ने स्थानीयको अपेक्षा छ । यसले रिडी बजार र आसपासका क्षेत्रका व्यवसायिक गतिविधिमा पनि सकारात्मक असर पार्ने स्थानीयको विश्वास गरिएको छ ।

फल्चा निर्माणपछि पर्यटकहरूलाई सहज रुपमा विश्राम गर्न मिल्ने, फोटो खिच्न आकर्षक पृष्ठभूमि रहेको छ । रिडी क्षेत्र कालीगण्डकी नदीको किनारमा अवस्थित रहेकाले विभिन्न मेला, पर्व, र धार्मिक गतिविधिका लागि प्रसिद्ध छ ।

यस्ता संरचना निर्माणले थप व्यवस्थित र पर्यटकमैत्री बन्दै गएको छ । रिडीमा निर्माण भएको फल्चाको निर्माणमा प्रयोग गरिएका काष्ठकलाहरू गुल्मी जिल्लामै उत्पादित काठ र श्रमद्वारा निर्मित रहेको छ ।

काष्ठकलामा प्रयोग गरिएका कलात्मक सामग्रीहरू गुल्मी जिल्ला कारागारमा रहेका कैदीबन्दीले आफ्नै सीप र दक्षताबाट निर्माण गरेका हुन् ।

कारागारभित्र रहेका कालिगड कैदीबन्दीले कुँदेका कलात्मक सामाग्री देशभर र देशबाहिर समेत निर्यात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?