+
+
Shares

झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते १७:२३
फाइल तस्वीर

१० साउन, झापा । प्रहरीले झापामा लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय, झापा र लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले गोली चलाएर एकजना लागूऔषध कारोबारीलाई समातेको हो ।

ब्यूरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, लागूऔषध कारोबारी नेपालतर्फ प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ को भित्री सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका ३६ वर्षीय मोहम्मदर इस्लामलाई फेला पारेको थियो । त्यसक्रममा प्रहरीलाई आक्रमण गरेर भाग्न खोजने क्रममा उनलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली प्रहार भएको कोइरालाले बताए ।

घटनामा इस्लामको घुँडामुनि गोली लागेको कोइरालाको भनाइ छ । उनको नजिकै रहेको प्रादेशिक अस्पताल, भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, इस्लामको साथबाट खैरो हेरोइन अन्दाजी १२० ग्राम फेला परेको जनाइएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?