+
+
Shares

‘माग्ने राजा’को प्रवर्धन सामग्रीको चर्चा, गीतलाई २१ लाख भ्यूज

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'माग्ने राजा' निर्माण घोषणा भएसँगै फस्टलुक, टिजर र गीत सार्वजनिक भई दर्शकको ध्यान तानेको छ।
  • गीत 'म त सुतेर उठेको पैसामा' रिलिजको ५ दिनमै युट्युबमा २१ लाख भ्यूज पाएको छ।
  • फिल्म भदौ ६ गतेबाट प्रदर्शन हुने तयारीमा छ र यसमा केदारप्रसाद घिमिरे मुख्य भूमिकामा छन्।

काठमाडौं । फिल्म ‘माग्ने राजा’ निर्माणको घोषणा भएसँगै चर्चामा छ । फस्टलुक, टिजर र गीत सार्वजनिक भएपछि यसका प्रवर्धन सामग्रीले दर्शकको ध्यान तानिरहेका छन् ।

केही दिन अघि सार्वजनिक गीत ‘म त सुतेर उठेको पैसामा’ बोलको गीतले युट्युबमा राम्रो भ्यूज पाएको छ । रिलिजको ५ दिनमै गीतले युट्युबमा २१ लाख भ्यूज पाएको छ ।

टिकटकमा पनि यो गीतमा भिडियो बनाउने उल्लेख्य छन् । ऋषि लामिछाने निर्देशित यो फिल्मको निर्मातामा मुनाल घिमिरे छन् ।

भदौ ६ गतेबाट प्रदर्शन तयारीमा रहेको यो फिल्ममा केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल लगायतको अभिनय छ । सामिप्यराज तिमिल्सिनाले पटकथा लेखेका हुन् ।

यसअघि आफ्ना फिल्म र सिरियलबाट दर्शकलाई रुवाउँदै आएका निर्देशक लामिछानेले यसपटक दर्शक हँसाउने तयारी गरेका छन् ।

फिल्मको टिजर र गीतसंगीतले दर्शकको उच्च साथ पाएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । फिल्मले समसामयिक कथालाई कमेडीको शैलीमा पेश गरेको छ ।

अधिकांश फिल्ममा सहायक कलाकारको रुपमा देखिएका कलाकार घिमिरे यसपटक मुख्य भूमिकामा छन् । यसले, पनि दर्शकका लागि उनको भूमिका विशेष हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?