
११ साउन, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको तथ्यांकले प्याजको भाउ घटेको देखाएको हो ।
आज आइतबार कालीमाटी बजारमा प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि अधिकतम ३८ रुपैयाँसम्म किनबेच भइरहेको छ । हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँसम्म किनबेच भएको थियो ।
यस्तै शुक्रबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि ३९ रुपैयाँमा किनबेच भएको थियो । दुई साताअघि प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।
अहिले बजारमा नेपाली र भारतीय दुवै प्याज किनबेच भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4