
News Summary
Generated by OK AI. Editorially reviewed.- लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजनमा १६ जना सेमिफाइनलिस्ट छनोट भएका छन्।
- चारजना कोचको प्रत्येक समूहमा ४/४ जना सेमिफाइनलिस्ट छन् र आगामी साता ८ जना फिनालेमा प्रवेश गर्नेछन्।
- निर्देशक लक्ष्मण पौड्यालले फिनालेपछि एकजना विजेता घोषणा गरिने जानकारी दिनुभयो।
काठमाडौं । लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजनले १६ जना सेमिफाइनलिस्ट प्राप्त गरेको छ ।
सप्ताहान्तका दुई एपिसोडमा यो समीकरण तयार भएको हो । चारजना कोचको प्रत्येक समूहमा ४/४ जना प्रतिस्पर्धी छन् ।
आगामी साता हुने सेमिफाइनल प्रतिस्पर्धाबाट ८ जना फिनालेमा प्रवेश गर्ने सूची छ । त्यसपछिको अर्को सातामा प्रतियोगिताले एकजना विजेता प्राप्त गर्ने निर्देशक लक्ष्मण पौड्यालले जनाए ।
कुन कोचको समूहमा के सेमिफाइनलिस्ट ?
टीम खेम सेन्चुरी :
निर्देशिका अछामी, दिलिजा रुवाली, आदित्य राई र आदर्श धिताल
टीम मेलिना राई :
सोनाली राजभण्डारी, श्रीयान रसाइली, नोरेन लोय क्षेत्री, आयश्री लकान्द्री
टीम मिलन नेवार :
सोनम श्रेष्ठ, निश्चल लिम्बु, आलिया अधिकारी, अैयन राई
टीम सत्यराज आचार्य :
स्मायन बजगाईं, श्रीजय महत, रिदम खड्का र प्रज्वल पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4