
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गण्डकी प्रदेशका ११ जिल्ला प्रशासनबाहिर उभिएर भ्रस्टाचारविरुद्ध दबाब दिएको छ।
- नयाँ शक्तिले लिचि बगैंचासँग जोडिएका मन्त्रीमाथि अनुसन्धान गरी कारबाही गर्न र बिचौलियामाथि कारबाही गर्न माग गरेको छ।
- पार्टीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति, मुख्यमन्त्री र समानुपातिक निर्वाचन प्रणाली लागू गर्न आग्रह गरेको छ।
१ साउन, पोखरा। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले शासकीय स्वरुपका सन्दर्भमा र अहिले मौलाइरहेको भ्रस्टाचारको सम्बन्धमा गण्डकी प्रदेशका ११ वटै जिल्ला प्रशासनबाहिर उभिएर दबाब दिएको छ भने प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेसपा नयाँ शक्ति गण्डकीको आयोजनामा सबै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो भने जिल्ला प्रशासन कार्यालयबाहिर १ घन्टा उभिएर दबाब दिएको हो ।
नेसपाले अहिले पोखराको लिची बगैंचासँग जोडिएर नाम आएका सबै मन्त्रीमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
प्रदेश संयोजक नेत्र चापागाईंले प्रशासन बाहिर उभिएर भने, ‘लिची बगैंचासँग जोडिएका पूर्व र वर्तमान मन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धानको दायरामा ल्याइयोस् भने बिचौलियामाथि कारबाही होस् । ल्याबबाट अडियो साँचो भएको पुष्टि हुँदासमेत सरकारले आलेटाले गर्नुभनेको भ्रष्टाचारलाई प्रोत्साहन गर्नु हो ।’
अहिलेसम्मका सबैजसो भ्रष्टाचारको अनुसन्धान गर्न माग नगरेको नयाँ शक्तिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै शासकीय स्वरुका विषयमा ध्यानाकर्षण गराएको छ ।
नेसपाका केन्द्रीय सदस्य टीकाराम पौडेलले ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराए, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, बहुसदस्यीय समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली, संसदमा पूर्ण समानुपातिक निर्वाचित प्रणाली होस् ।’
नयाँ शक्तिले विज्ञता र दक्षतका आधारमा मन्त्रिमण्डल गठन गर्नसमेत माग गरेको छ । राइट टु रिजेक्ट र प्रत्याव्हानको अधिकार (राइट टु रिकल) व्यवस्था हुनुपर्ने उसले बताएको छ ।
गोरखकाली रबर उद्योग सञ्चालन, बुढीगण्डकी जलविद्युत (जलाशययुक्त) आयोजनाको यथाशीघ्र निर्माण र सञ्चालन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित र व्यवस्थित सञ्चालन, पोखरा बसपार्क निमार्ण, मध्यपहाडी लोकमार्गको निर्माणमा भएको ढिलासुस्ती अन्त्यगर्नसमेत प्रजिअमार्फत प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
पुराना राजनीतिक शक्तिहरू हिजोकै सोंच, शैली, स्कुलिङ र पूर्वाग्रहबाट चलिरहेको भन्दै गण्डकी संयोजक चापागाइँले नयाँ युगलाई पुरानो राजनीतिक चेतनाले नेतृत्व गर्न नसक्ने जिकीर गरे ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4