+
+
Shares

अखिल क्रान्तिकारीका प्रदेश इन्चार्जमाथि कुटपिट गर्ने विष्ट पार्टीबाट निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते २१:४८

११ साउन, काठमाडौं । अखिल क्रान्तिकारी सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्टमाथि कुटपिट गर्ने सोही संगठनका अर्का एक सदस्यलाई पार्टीले कारबाही गरेको छ ।

आइतबार दिउँसो कञ्चनपुर पार्टी कार्यालयमा हानाहान हुँदा भट्ट गम्भीर घाइते भएका थिए ।

उनलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका भुवन विष्टलाई साधारण सदस्यता समेत कायम नहुनेगरी कारबाही गरिएको हो ।

जिल्ला पार्टीले विष्टको साधारण सदस्यता समेत नरहनेगरी पार्टीबाट निष्कासित गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

भट्टको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराले बताए ।

डीएसपी सागर बोहोराका अनुसार घाइते विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

पार्टी कार्यालयमा आन्तरिक छलफलका क्रममा कुटपिट भएको डीएसपी बोहोराको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?