+
+
Shares

कञ्चनपुरमा अखिल क्रान्तिकारीका नेताहरूबीच हानाहान, एकजना पक्राउ

हानाहानपछि सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्ट र बैतडी दोगडाकेदार गाउँपालिका-४ बस्ने भूवन विष्ट घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते २०:५९

११ साउन, काठमाडौं। कञ्चनपुरमा माओवादी निकट अखिल क्रान्तिकारीका नेताहरूबीच हानाहान भएको छ । हानाहानपछि सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्ट घाइते भएका छन् ।

भट्टको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराले बताए ।

उनले भने, ‘ माओवादी निकट नेताहरूबीच हात हालाहाल भएको छ। उनीहरूबीच कुटपिट हुँदा रामचन्द्र भट्टको टाउकोमा सात वटा टाँका लगाइएको छ।’

डीएसपी बोहोराका अनुसार घाइते विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

पार्टी कार्यालयमा आन्तरिक छलफलका क्रममा कुटपिट भएको डीएसपी बोहोराको भनाइ छ ।

कुटपिट गरेको आरोपमा माओवादीकै कार्यकर्ता कञ्चनपुर वेदकोट नगरपालिका-८ बस्ने भुवन विष्टलाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?