+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चीनमा गायक आशिष सचिनले दिए दमदार प्रस्तुती

निर्वाचनको माहोलमा गायक आशिष सचिनले भिन्नै रौनकता छरेका थिए । कार्यक्रममा उनको सर्वाधिक रुचाइएको लोकप्रिय गीत दाह्री फूल्यो वैँशमा‘गाउँदा दर्शकले वान्स मोर भन्दै हुटिङ्ग गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक आशिष सचिनले एनआरएनए चीनको नवौँ राष्ट्रिय महाधिवेशनको अवसरमा गोन्जाओमा भव्य समारोहमा प्रस्तुती दिएका थिए।
  • उनले दाह्री फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी लगायत गीतहरु प्रस्तुत गरेका थिए।
  • एनआरएनए चीनको नवौँ राष्ट्रिय महाधिवेशनबाट मुकुन्द ढकाल अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्।

११ साउन, काठमाडौँ। गायक आशिष सचिनले चिनको ग्वान्जाओमा एक विशेष प्रस्तुती दिएका छन्।

एनआरएनए चीनको नवौँ राष्ट्रिय महाधिवेशनको अवसरमा आईतबार गोन्जाओमा आयोजिक भव्य समारोहकाबिचमा गायक आशिषले एनआरएनएका सयौँ प्रतिनिधिहरुका माझमा आफ्ना चर्चित गीतहरु दाह्री फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, पानी बादलु र छमक छमक तेरी पाउजु लगायतका गीतमा आफ्नो प्रस्तुती दिएका थिए।

निर्वाचनको माहोलमा गायक आशिष सचिनले भिन्नै रौनकता छरेका थिए । कार्यक्रममा उनको सर्वाधिक रुचाइएको लोकप्रिय गीत दाह्री फूल्यो वैँशमा‘गाउँदा दर्शकले वान्स मोर भन्दै हुटिङ्ग गरेका थिए ।

एनआरएनए चिनको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा मुकुन्द ढकाल निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रम भव्य रुपमा सम्पनन भएको निवर्तमान अध्यक्ष निर्मल शर्मा चौलागाईले जानकारी दिए ।

चौलागाईले नयाँ कार्यसमितिलाई समेत कार्यकालको सफलताको कामना गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिका रुपमा गोन्जाओका महाबाणिज्यदुत भरत खनाल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?