+
+
Shares

चितवनमा गोविन्दे हात्तीको आक्रमणबाट एक सैनिक घाइते

सिंहमाथि आक्रमण गर्ने बित्तिकै सेनाले ३ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायरपछि गोविन्दे भागेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १३:५३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राष्ट्रिय निकुञ्जको सौराहा नजिकै नेपाली सेनाका हवल्दार नन्दबहादुर सिंहलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ।
  • सेनाले तीन राउन्ड हवाई फायर गरेको थियो । घाइते सिंहलाई रत्ननगर बकुलहर अस्पतालमा उपचार भइरहेको छ।

१४ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रहेको पोस्टबाट डिउटी सकेर फर्किँदै गरेका नेपाली सेनाका एक हवल्दारलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ ।

निकुञ्ज स्रोतका अनुसार बुधबार बिहान ७ बजे सौराहाबाट डेढ किलोमिटर पर रहेको मचानबाट रातिको डिउटी सकेर कछुवानी पोस्टतर्फ फर्कँदै गरेका ४ जना सैनिकलाई गोविन्देले आक्रमण गरेको थियो ।

एक्कासी जम्काभेट भएको गोविन्दले पैदल फर्किँदै गरेका सेनामाथि आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट ३८ वर्षीय नन्दबहादुर सिंह घाइते भएका हुन् ।

सिंहमाथि आक्रमण गर्ने बित्तिकै सेनाले ३ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायरपछि गोविन्दे भागेको थियो ।

घाइते सिंहको हात र ढाडमा चोट लागेको छ । उनको रत्ननगर बकुलहर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

कछुवानी पोस्टमा ११  जना सैनिक बस्दै आएका छन् । यसअघि, सेना तथा निकुञ्जको टोलीमाथि आक्रमण गर्न आएपछि सेनाले हानेको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?