
News Summary
Generated by OK AI. Editorially reviewed.- पपस्टार केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो मंगलबार मोन्ट्रियलको रेस्टुरेन्टमा डिनर गर्दै एकसाथ देखिएका छन्।
- केटी पेरी र ट्रुडोले दुई जना शेफलाई भेटेका थिए र भान्सामा गएर कर्मचारीलाई धन्यवाद दिएका थिए।
- पेरीले गायक ओर्लान्डो ब्लुमसँग अलग भएको एक सातापछि ट्रुडोसँग भेट गरेकी हुन्।
काठमाडौं । पपस्टार केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो एकसाथ देखिएका छन् । मंगलबार क्यानडाको मन्टेरियलमा डिनर गर्दैगर्दा यी दुईजना एकसाथ देखिएको पिपुल म्यागजिनले जनाएको छ ।
४० वर्षीया गायिका पेरी र ५३ वर्षीय ट्रुडोले मोन्ट्रियलको ले प्लेटुमा रहेको छिमेकी रेस्टुरेन्ट ‘ले भियोलोन’मा खाना खाएका थिए । खाना खाने क्रममा उनीहरूले दुई जना शेफ ड्यानी स्माइल्सलाई भेटेको र पछि कर्मचारीलाई धन्यवाद दिन भान्सामा गएको पनि देखिएको थियो ।
उनीहरूको रात्रिभोजमा ककटेल र केही परिकार समावेश थिए, जसमध्ये एउटामा लबस्टर पनि थियो । यी दुईजनाबीच के कुरा पाकिरहेको छ भन्ने कुराबारे यी दुईजनाले केही बताएका छैनन् ।
४८ वर्षिय गायक ओर्लान्डो ब्लुमसँग अलग भएको एक सातापछि गायिका पेरी र पूर्व क्यानडेली प्रधानमन्त्री ट्रुडोबीच भेट भएको हो ।
ट्रुडोले यसअघि ५० वर्षीया पूर्व टिभी होस्ट सोफी ग्रेगोइरसँग विवाह गरेका थिए । १८ वर्षको वैवाहिक जीवनपछि उनीहरूले अगस्ट २०२३ मा अलग्गिएको घोषणा गरेका थिए ।
प्रतिक्रिया 4